१५ कात्तिक, काठमाडौं–
संघीय संसद् सचिवालयले पदाधिकारी र समिति सभापतिलाई महँगा गाडी किन्न सरकारसँग करोडौं रकम मागेको छ ।
चढिरहेका गाडी पुराना भएको भन्दै उसले अर्थ मन्त्रालयमा बजेट मागको प्रस्ताव पठाएको हो । सचिवालयले वार्षिक बजेटभन्दा बाहिरबाट रकम मागी गाडी, मोटरसाइकल र कम्युटर खरिद गर्न लागेको हो । अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।
नयाँ गाडी राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सेना, उपसभामुख शिवमाया तुम्बाहाम्फे, राष्ट्रियसभा उपाध्यक्ष शशिकला दाहालका लागि किन्न लागेको सचिवालयले जनाएको छ ।
राष्ट्रियसभा अध्यक्ष तिमिल्सेनाका लागि १ करोड ७५ लाख, उपसभामुख र उपाध्यक्षका लागि १ करोड २५ लाख पर्ने २ वटा गाडी खरिदको प्रस्ताव अर्थ मन्त्रालयमा पठाइएको छ।
राष्ट्रियसभा अध्यक्षले प्रधानमन्त्री कार्यालयले उपलब्ध गराएको गाडी चढिरहेका छन्। प्रतिनिधिसभा, राष्ट्रियसभा र दुवै सदनका संयुक्त समिति सभापति, सत्तापक्ष र विपक्षी दलका नेता, प्रमुख सचेतक र सचेतकका लागि २० वटा स्कारपियो गाडी खरिदको प्रस्ताव सचिवालयले अर्थमा पठाएको छ।
प्रतिनिधिसभा समिति सभापतिका लागि ७० लाखका दरले २० वटा गाडी किन्ने सचिवालयको तयारी छ। अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।