मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भाइटीकाको शुभसाइत सार्बजनिक्,एस्तो छ तिहार बिशेश



काठमाडौं कात्तिक, १५–

नेपाल पञ्चाङ्ग निर्णायक समितिको आज बसेको बैठकले यही कात्तिक २३ गते बिहान ११ बजेर ५५ मिनेटमा भाइटीकाको साइत उत्तम हुने निर्णय गरेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । समितिले कात्तिक २३ गते बिहान ११ बजेर ५५ मिनेट शुभ बेलाको साइत दिएको जनाइएको छ ।

यस वर्ष यमपञ्चक अर्थात् तिहार कात्तिक १९ गतेदेखि शुरु हुँदैछ । कात्तिक १९ गते कार्तिक कृष्ण त्रयोदशीका दिन काग तिहार , कात्तिक २० गते कुकुर तिहार र कात्तिक २१ गते कार्तिक कृष्ण औँशीका दिन लक्ष्मीपूजा  रहेको छ । लक्ष्मी पुजा धनकी देवी लक्ष्मीको पुजा अराधना गरी देशै भर मनाउने गरिएको छ ।  यस दिन बेलुकी दीपमालिका गरेपछि लक्ष्मीको विधिपूर्वक आराधना गरिन्छ । कुल परम्परानुसार कसैले लक्ष्मीपूजाको दिन बिहान पनि गाई पूजा गर्ने गरेका छन् । बिशेश गरी यही दिना देखी तिहार मनाउने प्रचलन रहेको छ ।

 कात्तिक २२ गते कार्तिक शुक्ल प्रतिपदाका दिन बिहीबार गोरु, कृषक र गोवद्र्धन पूजा हुन्छ । यस दिन वर्षभर हलो जोत्ने हलिको समेत पूजा गर्ने संस्कृति छ ।

कार्तिक शुक्ल द्वितीयाका दिन कात्तिक २३ गते भाइटीका रहेको छ ।  तिहारको मुख्य दिन दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुख शान्तिको कामना गरी अष्ट चिरञ्जीवी, यमराज, यमुना एवं बलि राजाको पूजा गरी त्यसको प्रसाद लगाइदिने चलन छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७५, बिहिबार  ६ : १० बजे