सामान्य बन्दै प्रधानमन्त्री ओलिको स्वास्थ्य अवस्था



काठमाडौं कात्तिक, १६–

गत सोमबारदेखि उपचाररत प्रधानमन्त्री  केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार गराईरहेका प्रधानमन्त्री ओलीको शुक्रबार बिहान गरिएका परीक्षणका रिपोर्टहरु सामान्य रहेको अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. उत्तमकृष्ण श्रेष्ठले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

यद्यपि, प्रधानमन्त्री ओलीको  डिस्चार्जबारे भने अस्पतालले केही पनि बताएको छैन । तर, प्रधानमन्त्री ओलीको सचिवालयले भने उनको आजै साँझ डिस्चार्ज हुन सक्ने जनाएको छ ।

छातीमा समस्या देखिएपछि प्रधानमन्त्री ओली मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएर उपचाररत छन् ।

 

प्रकाशित मिति : कार्तिक १६, २०७५ शुक्रबार  ५ : ३३ बजे