मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

फुटबल स्टार बिश्व प्रसिद्द फुटबल खेलाडी नेयमारलाई ६ वर्ष जेल सजाय हुन सक्ने



काठमाडौं ।

पछिल्लो समय भ्रष्टाचार मुद्दा समेत झेलिरहेका ब्राजिलियन फुटबल स्टार बिश्व प्रसिद्द फुटबल खेलाडी नेयमारलाई ६ वर्ष जेल सजाय हुन सक्ने भएको छ । फ्रेन्च क्लव पिएसजीबाट व्यवसायीक फुटबल खेल्दै आएका नेयमारलाई भ्रष्टाचार तथा धोका मुद्धामा उक्त सजाय हुन सक्ने देखिएको हो ।

स्पेनको अदालतले नेयमारको भ्रष्टाचार र धोकाधडी मामलालाई तीन न्यायाधीशको ठूलो बेन्चमा पठाउने निर्णय गरेको हो ।

यदि नेयमारमाथि लागेको आरोप सावित भए उनलाई ४ देखि ६ वर्षसम्मको जेल सजाय हुन सक्नेछ ।

सन् २०१३ मा ब्राजिलको सान्तोष क्लवबाट नेयमारको स्पेनिश क्लव बार्सिलोनामा ट्रान्सफर भएको थियो । उक्त समयमा नेयमारमाथि ट्रान्सफरको रकम लुकाएको तथा कर चोरी गरेको आरोप लगाइएको छ ।

जानकारी पाए अनुसार त्यतिबेला नेयमारको ८६ ।२ मिलियन युरोमा बार्सिलोनामा टान्सफर भएको थियो । तर नेयमार र क्लवले केवल ४० मिलियनको मात्र कुरा गरेका थिए । यही मामलामा बार्सिलोनाका पूर्व अध्यक्ष जोसेफ मारियाले राजीनामा दिनु परेको थियो ।

प्रकाशित मिति : १६ कार्तिक २०७५, शुक्रबार  ५ : ४५ बजे