१७ कात्तिक, काठमाडौं–
प्रदेश ३ का भौतिक पूर्वाधार तथा विकासमन्त्री केशव स्थापित पदमुक्त भएका छन् । मुख्यमन्त्री डोरमणि पौडेलले नौ महिनाअघि नियुक्त स्थापितलाई शुक्रबार दिउँसो बर्खास्त गरेका हुन्।
संविधानको धारा १६९, उपधारा २ को खण्ड ‘ख’अनुसार स्थापितलाई पदबाट हटाएको मुख्यमन्त्रीका स्वकीय सचिव अनुप पौडेलले बताए । मुख्यमन्त्री पौडेलले भौतिक पूर्वाधार मन्त्रालयको जिम्मवारी आफैंले लिएका छन् ।
‘मुख्यमन्त्रीको निर्देशनलाई पनि उहाँ स्थापितले सधैँ अटेर गर्नुभएपछि बाध्य भएर बर्खास्त गरिएको हो’, मुख्यमन्त्रीका स्वकीय सचिव पौडेलले भने, ‘सबैभन्दा बढी बजेट भएको मन्त्रालयको प्रगति शून्य छ ।
स्थापित पछिल्लो समय यौन दुर्ब्यबहार को बिबादमा समेत मुछिएका थिय । काठ्मान्डौ महानगरपालिकाको पूर्व मेयर समेत रहेका स्थापित राजनीतिक कारण र बिभिन्न अभिब्यक्ती हरुका कारण बेला बेलामा समाचारमा आइरहने पात्र हुन । हुँदा खादाको मन्त्री पदबाट समेत बिबादित बनेर हटाइएपछी अब स्थापित को राजनितिक भबिश्य समेत अन्योलमा परेको छ ।