मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रहेनन मानवअधिकारवादी नेता पद्मरत्न तुलाधर



काठमाडौं कात्तिक, १८–

मानवअधिकारवादी नेता पद्मरत्न तुलाधरको निधन भएको छ ।नर्भिक अस्पतालमा उपचाररत नेता तुलाधरको  आइतबार दिउँसो १ बजे  निधन भएको हो ।

उपचारमा संलग्न चिकित्सकहरुले उनको निधन भएको जानकारी गराए ।  तुलाधरलाई अकास्मात हृदयघात भएपछि केही दिन अघि अस्पताल पुर्याईएको थियो ।

पारिवारिक स्रोतका अनुसार तुलाधरको शव अस्पतालबाट निजी निवास लैजान लागिएको छ ।

तुलाधर नेपाल भाषा तथा मानव अधिकार आन्दोलनका अगुवा साथै बामपन्थी नेता पनि हुन । उनले तीनपटक तत्कालिन एमालेको चुनाव चिन्ह सूर्यबाट चुनाव जितेका थिय । स्वतन्त्र वामपन्थीकै हैसियतमा २०५२ सालमा स्वास्थ्यमन्त्री समेत बनेका तुलाधरका श्रीमती, दुई छोरा र दुई छोरी छन् । उनकाे सोमबार शोभाभगवतीमा अन्तिम संस्कार गरिने बताइएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७५, आइतबार  १० : ५५ बजे