काठमाडौं कात्तिक, २०–
यही मङ्सिर महीनामा प्रदेश नं ५ का विभिन्न स्थानमा हुने तय भएको सो प्रतियोगिता आगामी माघ २५ देखि फागुन १ गतेसम्म गर्ने गरी तय भएको राष्ट्रिय खेलकूद परिषद् जनाएको छ । पूर्वाधार अभावका कारण आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता दुई महिनापछि सारिएको हो ।
अघिल्लो महीना नुवाकोटको ककनीमा बसेको राष्ट्रिय खेलकूद परिषद् सञ्चालक समितिको (बोर्ड) बैठकले मङ्सिर ८ गतेदेखि नेपालगञ्ज रङ्गशालामा उद्घाटन गरी बाँके, बर्दिया, दाङ र रुपन्देहीका विभिन्न स्थानमा सो प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको थियो ।
समयमै आवश्यक सबै पूर्वाधार निर्माण हुन नसकेकाले दुई महीना पर सारिएकाे राष्ट्रिय खेलकूदका लागि सबै तयारी युद्धस्तरमा भइरहेको राष्ट्रिय खेलकूद परिषद् जनाएको छ ।