कात्किक २१,काठ्मान्डौ-
नेपाली साहित्यलाई सयभन्दा बढी कृति दिएका र साहित्यका माध्यमबाट नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाएका महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११०औँ जन्मजयन्ती बुधबार स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।
नेपाली साहित्यका विराट प्रतिभा देवकोटाको जन्म विसं १९६६ मा कात्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो । दश वर्षको उमेरमा कविता लेख्न शुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् । देबकोटालेनै नेपाली साहित्यमा अधुनिकता भित्र्याएका हुन ।
देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित हालसम्म सबैभन्दा बढी बिकेको र मन पराइएको पुस्तक हो ।
देबकोटाको योगदान साहित्य सगै नेपालको शिक्षा र नेपाली भाशा को बिकाशमा पनि उत्तिकै रहेको पाइन्छ ।
विसं २०१६ मा देबकोटा शिक्षा मन्त्री हुँदा नेपालभर नेपाली भाषालाई अनिवार्य विषयका रूपमा लागू गराएका थिए भने वर्तमान नेपाल प्रज्ञा–प्रतिष्ठानको स्थापनामा देबकोटाले सक्रिय योगदान पुर्याएका थिय ।
आजैका दिन बिभिन्न कार्यक्रम गरी देबकोटाको जन्मजयन्ती मनाउने गरिन्छ । उनका साहित्य सिर्जना र उनले भाशा साहित्यमा पुर्याएको योगदानले नेपाल र नेपालीहरु बिच देबकोटा अबिस्मरणिय छन ।