मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खोटाङ सदरमुकाम दिक्तेलबजारमा भिषण आगलागी करोडौको क्षति



दिक्तेल।

खोटाङ सदरमुकाम दिक्तेलबजारस्थित रत्नपार्कमा सुक्रबार विहान आगोलागी भएको छ। स्थानीय अम्बिका बुढाथोकीको घरबाट सुरु भएको आगो भर्खरै नियन्त्रणमा आएको हो। आगोलागीबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर–१ स्थित रत्नपार्कका स्थानीय कृष्ण श्रेष्ठ र अम्बिका बुढाथोकीको घर पूर्णरुपमा जलेर नष्ट भएको छ।आगलागीबाट अनुमानित एक करोड भन्दा बढीको क्षति भएको अनुमान गरिएको छ । आगलागीबाट अनुमानित एक करोड भन्दा बढीको क्षति भएको अनुमान गरिएको छ ।

पहिलेको दिक्तेल नगरपालिका हुँदा खरिद गरिएको दमकल विग्रिएर थन्किएकोलेआगो तत्काल नियन्त्रण गर्ने विकल्पको रुपमा रहेको दम्कल यो नगरपालिका छैन। दमकला नहुँदा आगलागी नियणत्रणमा लिन समस्या परेको दिक्तेल प्रहरिले जनाएको छ ।

आगोलागीबाट राजु श्रेष्ठ, रविध्वजर राई र पेले गुरुङको घरमा समान्य क्षति पुगेको छ। बुढाथोकीको पूजा कोठाबाट विहान करिव ३ बजेबाट उठेको आगो तीन घण्टापछि नियन्त्रणमा आएको छ। बजारवासी, स्थानीय, नेपाली सेना, प्रहरी, सशत्र प्रहरीलगायतले आगो नियन्त्रणमा लिने प्रयास गरेपनि आगो नियन्त्रण भन्दा बाहिर गएपछि अन्तमा स्काईभेटरेको प्रयोग गरेर घर भत्काएपछि आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय खोटाङले  जनाएको छ ।समान्य क्षति पुगेका ३ घरको छाना भत्काएर अन्य घरलाई आगोबाट जोगाईएको स्थानीयले बताएका छन्। स्थानीयले आगो नियन्त्रणका लागि पानी, हिलोलगायका समाग्रीको प्रयोग गरेका थिए।

प्रकाशित मिति : २३ कार्तिक २०७५, शुक्रबार  ४ : ३५ बजे