मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यस्तो रह्यो राष्ट्रपति , उपराष्ट्रपती र प्रधानमन्त्री भाइटीका



काठमाडौँ, २३ कात्तिक-

राष्ट्रपति विद्यादेवी भण्डारीले आज बिहान ११ः५५ बजेको साइतमा भाइ डेगेन्द्र पाण्डेलाई राष्ट्रपति भवन शीतलनिवासमा टीका लगाइदिएकी छन् ।

राष्ट्रपति भण्डारीले टीका लगाएर भाइलाई आशीर्वाद दिँदै दुबो, मखमलीयुक्त माला लगाइ दिइन भने भाइ डेगेन्द्र पाण्डेले  दक्षिणा सहित उनीसँग आशीर्वाद लिए । त्यसअघि राष्ट्रपतिले शास्त्रोक्त विधिपूर्वक दीप, कलश, गणेशका साथै अष्टचिरञ्जीवी र यमयमुनाको पूजा अर्चना गरिन् ।

उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले पनि भाइटीका लगाएका छन् । उनले उपराष्ट्रपति निवास कपुरधारामा टीकाको साइत ११ः५५ बजे नै लगाए । उनले आफ्नी दिदी दिदी गृहजिल्ला रोल्पामा रहेकाले नजिकका बहिनीसँग भाइटीका लगाए ।

तेस्तै प्रधानमन्त्री केपी ओलीले बहिनीहरु बिष्णुमाया ढकाल र कमला कोइरालाको हात बाट भाइटीका लगाएका छन् । उनले ११ः५५ को शुभ साइतमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भाइटीका लगाएका हुन ।  बहिनिहरुले विधिपूर्वक दीप, कलश, गणेशका साथै अष्टचिरञ्जीवी र यमयमुनाको पूजा गरिसकेर माला लगाइ दिय भने  प्रधानमन्त्री ओलिले दक्षिणा सहित उनीसँग आशीर्वाद लिए ।

 

प्रकाशित मिति : २३ कार्तिक २०७५, शुक्रबार  ९ : २४ बजे