कात्तिक २५, काठ्मान्डौ-
कार्तिक ३० बाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘अनुग्रह’को गीत सार्वजनिक भएको छ । ‘यो जीवन’मा बोलको गीत युटुब मार्फत सार्वजनिक भएको हो ।
गीतमा कमल रसाइली र अनिशा मैनालीको स्वर, नविन सुब्बाकोशब्द तथा संगीत रहेको रोहण सेन्चुरी र आरति गुप्ता फिचर्ड रहेका छन् ।
कुमार केसी निर्देशित फिल्ममा शंकर थापाको संगीत, बिक्रम डी सीको छायांकन तथा तारा थापाको सम्पादन रहेको फिल्ममा सुबाश मेचे, रोहण सेन्चुरी, अर्ती गुप्ता, संजय न्यौपाने, राज गिरी, क्रिस्टिना राइ, दीपशिखा शिलवाल लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
भिडियो हेर्नुहोस्-