प्रधानमन्त्री ओली द्वारा छठ पर्वको शुभकामना ब्यक्त



२७ कार्तिक,  काठमाडौं–

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘छठ पर्व’को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि, आपसी सद्भावरा एकताका लागि शुभकामना व्यक्त गरेका छन्।

‘छठ पर्व’को अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्रीले मूख्यरुपमा तराई–मधेसमा मनाइने छठ पर्व अहिले मुलुकका अन्य भूभागमा पनि उत्तिकै हर्षोल्साससाथ मनाइन थालेको भन्दै खुसी व्यक्त गरेका छन्। ‘एउटा समुदायले मात्र मनाउने परम्परालाई अन्य समुदायले पनि आत्मसात गर्ने र मनाउने फराकिलो सस्कृतिको विकास भएको छ। यसले जात, धर्म र सम्प्रदायबीच आपसी मेलमिलाप र सौहाद्रतामा वृद्धि गरेको  शुभकामना सन्देशमा भनिएको छ ।

प्रकाशित मिति : कार्तिक २७, २०७५ मंगलबार  ४ : ४८ बजे