मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कृस्टियानो रोनाल्डो बिना पनि पोर्चुगल युइएफए नेसन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश



एजेन्सि-

पोर्चुगल युइएफए नेसन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

प्रसिद्द फूट्बल खेलाडी कृस्टियानो रोनाल्डो बिना पनि पोर्चुगलले जारी खेलमा राम्रो प्रदर्शन गरी रहेको छ ।

नेसन्स लिग अन्तर्गत गए राति इटालीसँग गोलरहित बराबरी खेल्दै पोर्चुगल एक खेल अगावै समूह विजेताका रूपमा  अन्तिम चारमा प्रवेश गरेको हो।

लिग ए को समूह ३ मा रहेको इटाली समूह उपविजेता बन्दा पोल्यान्ड भने पुछारमा रहँदै रेलिगेसनमा पर्‍यो।

घरेलु मैदान मिलानमा इटालीले गोल गर्ने राम्रो मौकालाई सदुपयोग गर्न नसक्दा बराबरीमा रोकिन पुग्यो।

प्रकाशित मिति : २ मंसिर २०७५, आइतबार  ७ : ११ बजे