मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तुलसीको व्रत गरी विशेष पूजा गरेर मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइदै : यस्तो छ तुलसिको महत्व



काठमान्डौ-

तुलसीको व्रत गरी विशेष पूजा गरेर मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइदै छ ।

आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु आज ब्युँझने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी भन्ने गरिएको शाश्त्रीय मान्यता रहेको छ ।

हिन्दू सभ्यतामा तुलसी लाई भागवान बिष्णुकै रुपमा मान्ने गरिन्छ र हरेक जसो घरमा तुलसी रोपेर तुलसीको पुजा आजा समेत गर्ने गरिन्छ ।

त्यती मात्र नभएर तुलसी औषधिको गुणले युक्त बनस्पती हो ।

आयुर्बेदले तुलसी लाई पुर्ण औशधी कै रुपमा मन्दछ भने बिज्ञानले पनि यसको पुष्टी गरी सकेको छ ।

घरायसी रुपमा पनि सामन्य रुघा खोकी ज्वरो देखी लिएर अन्य धेरै रोगहरुमा समेत तुलसिको प्रयोग गर्ने गरिन्छ ।

प्रकाशित मिति : २ मंसिर २०७५, आइतबार  ८ : ०५ बजे