नेकपा विराटनगरका प्रभावशाली नेता ओझा फेरी कांग्रेसमै फर्किय,नेकपालाई संकट



मोरङ-

नेपाली कांग्रेसका पुराना  नेता बाबुराजा आेझा बिचमा माआेवादी प्रवेश गरेपनि फेरि कांग्रेसमै फर्किएका छन् ।

सम्बिधान शभा निर्बाचनमा टिकेट नपाए पछी ओझा तत्कालिन माओबादिमा प्रेबेश गरेर चुनाब लडेका थिय ।

लामो समय कांग्रेसमा काम गरेका आेझा जीपी कोइराला फाउन्डेसनले आइतवार विराटनगरमा गरेको कार्यक्रममा फेरि कांग्रेसमै फर्किएका हुन ।  कांग्रेस महामन्त्री शशांक कोइराला र नेता शेखर कोइरालालेल ओझाको आगमनले कांग्रेस मोरङलाई थप बल पुग्ने बताए ।

२२ वर्षे लामो राजनीतिक जीवनलाई कम्युनिष्ट विचारमा परिवर्तन गर्छु भन्दै तत्कालीन एमाआेवादी प्रदेश गरेका आेझा मोरङ क्षेत्र नं ६ बाट संविधानसभा सदस्यको उम्मेदवार समेत बनेका थिए । तर, पूर्व अर्थमन्त्री तथा कांग्रेस नेता महेश आचार्यसँग उनी पराजित हुन पुगेका थिए ।

 

प्रकाशित मिति : मंसिर २, २०७५ आईतबार  १२ : २९ बजे