काठ्मान्डौ-
शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत थ्रीस्टार क्लब शीर्ष स्थानमा उक्लिएको छ। थ्रीस्टार आइतबार भएको खेलमा ब्रिगेड ब्वाइज क्लबलाई ५–१ गोलले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको हो।
थ्रीस्टारले खेलको नवौ मिनेटमा रन्जित धिमालको गोलबाट अग्रता लियो। ५१ मिनेटमा सुनील बलले थ्रीस्टारको अग्रता दोब्बर पारेका थिए।
यसअघि पहिलो खेलमा थ्रीस्टारले फ्रेण्ड्सलाई २–१ ले पराजित गरेको थियो ।
थ्रीस्टारमा राष्ट्रिय टोलीबाट पूर्वकप्तान अनिल गुरुङसँगै एलेन न्यौपाने, अनन्त तामाङ, निराजन खड्का र सुनिल बललगायतका खेलाडीहरु समाबेश छन ।