मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कम्युनिस्टहरुले काम गर्न सकेनन् : कांग्रेस उपसभापति निधि



धनगढी मंसिर, ४–

नेपाली कांग्रेसका उपसभापति  विमलेन्द्र निधिले नेपाली कांग्रेसले पुनः लोकतान्त्रिक शासन प्रणालीको पक्षमा सशक्तरूपले उभिनुपर्ने आवश्यकता देखिएको बताएका छन्।

नेपाल प्रेस युनियन कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले अहिलेको अवस्थामा कांग्रेसले संघीय शासन प्रणाली, समावेशी शासन प्रणाली र संविधानको सफल कार्यान्वयनका लागि उभिनुपर्ने आवश्यकता रहेको बताए।

उनले संविधानको प्रावधानअनुसार तीन तहको सम्पन्न निर्वाचनमा कम्युनिस्ट पार्टीले संघीय संसद्, प्रदेश र स्थानीय तहमा बाहुल्यता प्राप्त गरेको तर काम गर्न नसकेको उल्लेख गरे।

निधिले संघीय, समावेशी र स्थानीय तहको संरचनाको सफल कार्यान्वयन र पूर्णता प्रदान गर्ने काममा सरकारले कुनै चासो नदिएको आरोप लगाए।

निधिले प्रदेश नं २ बाहेक ६ वटै प्रदेशमा कम्युनिस्ट पार्टीको बाहुल्यता रहेको उल्लेख गर्दै भने, ‘प्रदेश सरकारलाई न त केन्द्रीय सरकारले अधिकार दिएको छ न त प्रदेश सरकार नै अधिकार लिनका लागि सक्रियरूपमा अगाडि बढेका छन्।’ रासस

प्रकाशित मिति : ४ मंसिर २०७५, मंगलबार  ८ : १२ बजे