सुनसरी मंसिर, ५–
जय बाबा इँटा उद्योगका सुपरभाइजर महोम्मद फिदा हुसेनको गोली हानी हत्या भएको विरोधमा प्रदर्शन भएको छ । बुधबार बिहान सुनसरीको दुहबीमा गोली हानी हुसेनको हत्या गरिएको विरोधमा स्थानीयले धरान–बिराटनगर सडकखण्डको दुहबी–सोनापुर क्षेत्र अबरुद्ध पारेका छन् । उनीहरुले टायर बालेर प्रदर्शन गरिरहेका छन् । स्थानीयले दुहवी–५ स्थित रहेको अमरदिप मेडिकल हलमा पनि तोडफोड गरेका छन् । पसल बन्द गर्न नमानेको भन्दै प्रदर्शनकारीले कुटपिटसँगै तोडफोड गरेका हुन् ।
यसअघि सुनसरीको भुटाहामा स्थानीय खुर्सिद आलमको शंकास्पद हत्या भएको थियो । एकपछि अर्को गर्दै मुस्लिम समुदायमाथि आक्रमण भइरहेको बताउँदै उनीहरुले विरोध प्रदर्शन गरिरहेका छन् ।
श्रृङ्खलाबद्ध रुपमा एकपछि अर्को हत्या हुँदा समेत प्रहरी प्रशासन निरीह बनेको उनीहरुको आरोप छ ।