सरकारका गृह मन्त्री नआएसम्म शब नउठाउने हुसेनका आफन्त र स्थानिय अगुवाहरुको अडान



सुनसरी-

सुनसरीका मोहम्मद फिदा हुसेनको हत्यामा संलग्न भएको आशङ्कामा प्रहरीले ६ जना आरोपित पक्राउ गरेको छ।  यसैबिच हुसेनका आफन्त स्थानिय अगुवा र प्रसासन बिच अहिले छलफल चली रहेको समाचार प्राप्त भएको छ ।

हुसेनका आफन्त र स्थानिय अगुवाहरुले सरकारका गृह मन्त्री नआएसम्म शब न उठाउने आडान लिइरहेका छन ।

हुसेनको घरमा सुनसरीका प्रमुख जिल्ला अधिकारी लगायत विभिन्न दलका नेताबीच छलफल चलीरहेको र हत्यामा संलग्नलाई चाँडो पत्ता लगाएर कारबाहीको दायरामा ल्याउन हुसेनका आफन्त र स्थानिय ले माग गरेका छन्।

प्रकाशित मिति : मंसिर ५, २०७५ बुधबार  १० : १७ बजे