युबाहरुद्वारा राष्ट्रपतिको बिरोध : घुम्ती निर लेट भयो , जनताको पसिना गाडीमा चेट भयो



काठमाण्डौ-

राष्ट्रपति विद्यादेवी भण्डारीलाई १८ करोडको सवारी साधन खरिद गर्ने सरकारको निर्णय प्रती पछिल्लो समय सर्बत्र अस्तुष्टीहरु पोखिइरहेका छन ।

यसै क्रममा केही युवाहरूले राष्ट्रपतिका लागि गाडी खरिद गर्न  भन्दै भीख मागेर शङ्केतिक बिरोध थालेका छन्।

 जनताको प्रत्यक्ष सरोकार रहेको आधारभूत सेवा सुविधाहरु सम्बाेधन हुनुको साटो जनताले जनताको लागि चुनेका जनप्रतिनिधि र सरकार प्रमुख नै विलासिताको पछि लागेको भन्दै युवाहरूले  सांकेतिक विरोध स्वरुप राजधानीको पशुपतिनाथ मन्दिर परिसरमा  एक रुपैयाँ भीख मागेका हुन्।

शनिबार  पशुपतिनाथ मन्दिर परिसरमा भेला भएका युवाहरूले ‘दान गर्नुहोस् पूण्य कमाउनुहोस्’ भन्दै सर्वसाधरणसँग एक एक रुपैयाँ भीख मागेका थिय ।

१८ करोड रुपैयाँको गाडी चढ्ने नेपालीको हैसियत नभएको र राज्यको ढुकुटी रित्याएर कसैको पनि विलासिताको चाहना पूरा गराउन जनताले सरकारलाई म्याण्डेट दिन नसक्ने भन्दै युवाहरुले निर्णयको विरोधस्वरुप भिख मागेको बताएका थिय ।

प्रकाशित मिति : मंसिर ८, २०७५ शनिबार  ११ : ४९ बजे