छोरिको न्यायकालागी धर्नामा बसेका निर्मलाका बुबाको स्वास्थ्य अवस्था नाजुक् , उपचारकालागी काठमाडौं ल्याइँदै



मंसिर ९, काठ्मान्डौ –

बलत्कार पछी हत्या गरिएकी छोरी निर्मला पन्तका हत्यारालाई कार्बाहीको माग राखेर यस अघी नै काठ्मान्डौमा प्राधाअन्मन्त्री लगायतलाई समेत भेट गरेका निर्मलाका बुवा आमा लगयतले हत्यारा पत्ता लगाउन सरकारले तदारुकता नदेखाएपछी जिल्ला प्रशासन कञ्चन्पुरको गेटमा न्यायका लागी धर्नामा बसेका थिय । धर्नामा बस्दा बस्दै निर्मलाका बुवा बिरामी परेका हुन ।

मानसिक अवस्था बिग्रिदै गएपछि निर्मला पन्तका बुबा यज्ञराजको  उपचारका लागि काठमाडौँ ल्याइदै छ ।

धनगढी विमानस्थल पु¥यइएका पन्तले एक्कासी रुने, हास्ने, बर्वराउने, गाली गलौज गर्ने, ढुङगामुडा गर्न थालेपछि विमानमा काठमाडौँ  ल्याउन नसकिएपछि सेती अञ्चल अस्पताल ल्याईएको थियो ।

उनलाई सेती अञ्चल अस्पतालबाट निजि गाडीमा काठमाण्डौल्याइदै  छ । कैलालीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठको समवन्यमा प्रहरी साहायक निरिक्षक दिपक धामीको नेत्रित्वमा ३ जनाको प्रहरी टोली पनि यज्ञराजसंग पठाईएको छ ।

सेती अञ्चल अस्पतालमा सामान्य उपचार पछि यज्ञराजसंगै स्वास्थ्य कर्मी सुनिल वि।क पनि काठमाडौँ गएका छन । बुद्ध एयरबाट काठमाण्डौँ लग्नका लागी कञ्चनपुर जिल्ला प्रसाशन कार्यालयले टिकाट काटेको भएपपनी यज्ञराजले हास्ने, बर्वराउने, गाली गलौज गर्ने, ढुङगामुडा गर्न थालेपछि बुद्ध एयरले लग्न नमानेपछि सेती अस्पताल ल्याइएकोे थियो ।

सेती अञ्चल अस्पतालमा बेहेस गर्ने सुई लगाएपछि यज्ञराजलाई निजि स्कारपियोबाट काठमाण्डौँ ल्याउन लागिएको हो ।

बलत्कार पछी हत्या गरिएकी छोरी निर्मला पन्तका हत्यारालाई कार्बाही को माग राखेर यस अघी नै काठ्मान्डौ मा प्राधाअन्मन्त्री लगायत लाई समेत भेट गरेका निर्मलाका बुवा आमा लगयतले हत्यारा पत्ता लगाउन सरकारले तदारुकता नदेखाएपछी जिल्ला प्रशासन कञ्चन्पुरको गेटमा न्यायका लागी धर्नामा बसेका थिय । धर्नामा बस्दा बस्दै निर्मलाका बुवा बिरामी परेका हुन । उनलाई काठ्मान्डौको शिक्षण अस्पतालामाअ राखिने भयको छ ।

 

प्रकाशित मिति : ९ मंसिर २०७५, आइतबार  ६ : १७ बजे