मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

झापामा आगलागीमा परी एकै परिवारका चार सदस्यको मृत्यु



झापा मंसिर, १०–

झापामा भएको आगलागीमा परी एकै परिवारका चारजना जनाको मृत्यु भएको छ ।

शिवसतासी नगरपालिकाको वडा नं. ७ लाल्झोडामा आगोले जलेर एकै परिवारका चार सदस्यको मृत्यु भएको हो ।

आगोमा जलेर ज्यान गुमाउनेहरुमा  ३६ वर्षीय लक्ष्मन खनाल, ३० वर्षीया राधिका खनाल, ४ वर्षीय सुप्रिया खनाल र तीन महिनाका नाबालक टीकाराम खनाल रहेका छन् ।
उनीहरूको आगोले जलेर मृत्यु भएको हो । आइतवार राति ९ बजे घरमा आगलागी भएको प्रत्यक्षदर्शीले बताएका छन् । झापा प्रधानमन्त्री केपी ओलीको गृहजिल्ला हो ।
स्थानीय भानु माध्यमिक विद्यालयबाट २० मिटर नजिक रहेको खनाल परिवारका सम्पूर्ण सदस्यको सुतिरहेको अवस्थामा आगलागी भएको इलाका प्रहरी कार्यालय झिल्झिलेले जानकारी दिएको छ ।

आगलागी के कारणले भएको हो भन्ने खुल्न सकेको छैन । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १० मंसिर २०७५, सोमबार  ४ : ०६ बजे