मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तीन हप्तामा निर्मलाको हत्यारा पत्ता नलगाए आमरण अनसन बस्ने गोविन्द केसीको चेतावनी



काठमाडौं मंसिर, १०–

प्रा. डा. गोविन्द केसीले सरकारलाई तीन हप्ते  अल्टिमेटम दिएका छन् । सोमबार पत्रकार सम्मेलनमार्फत निर्मला पन्तको हत्यारालाई पक्राउ गरी कारबाही नगरे आमरण अनसन बस्ने बताएका छन् ।

सरकारले अपराधीलाई कारबाही गर्नुको साटो ढाकछोप गर्न र जनताको आवाज थुन्न लागिपरेको भन्दै उनले आलोचना गरे । चिकित्सा शिक्षाका लागि आन्दोलन गर्दै आएका डा.केसीले आफू पनि नेपाली नागरिक भएकाले यसको आबाज उठाउनु आफ्नो दायित्व भएको प्रष्ट पारे ।

गत साउन  १० मा साथीको घर गएकी कञ्चनपुरकी १३ वर्षीया निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा भोलिपल्ट उखुबारीमा शव भेटिएको थियो । तर, अझैसम्म हत्यारा पत्ता लागेको छैन ।

फरक प्रसंगमा डा. केसीले १० साउनमा आफूसँग भएको सहमतिअनुसार चिकित्सा विधेयक संशोधन गरेर पास गर्नुपर्ने, गौरीबहादुर कार्की आयोगको प्रतिवेदनले दोषी देखाएकाहरुलाई कारबाही गर्नुपर्ने, काठमाडौं विश्वविद्यालयले बढाएको एमबीबीएसको शुल्क फिर्ता गर्नुपर्ने लगायतका माग पनि राखेका छन् ।

 

प्रकाशित मिति : १० मंसिर २०७५, सोमबार  १ : ५१ बजे