मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रहरीले पोलमा टाँसेका पोस्टर च्यात्न थालेपछि निर्मलाका तस्बीर ज्याकेट ब्याग र मोटरसाइकलमा !



काठमाडौं मंसिर, १६–

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यारालाई कारबाहीको माग गर्दै युवाहरुले आफ्नो ज्याकेट र मोटरसाइकलामा स्टिकर टाँस्न थालेका छन् ।

प्रहरीले बिजुलीको पोलमा टाँसेका पोस्टर  च्यात्न थालेपछि युवाहरुले ज्याकेट, ब्याग र मोटरसाइकलमा निर्मलाको तस्बीर भएको स्टिकर टाँस्न थालेका हुन् ।

स्टिकरमा निर्मलाको तस्बीरसँगै ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएको छ । युवाहरुले यस्तो तस्वीर अंकित स्टिकर आआफ्नो ब्याग, ज्याकेट र गाडीमा टाँस्न अरुलाई पनि आह्वान गरेका छन् ।

 

प्रकाशित मिति : १६ मंसिर २०७५, आइतबार  ८ : २७ बजे