मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

समाजिक सुरक्षा कार्यक्रम कांग्रेसको हो, प्रधान्मन्त्री ओलिको गफ मात्रै : कांग्रेस प्रबक्ता बिश्व प्रकाश शर्मा



काठमाडौं मंसिर, १६–

नेपाली कांग्रेसले सामाजिक सुरक्षा योजनाको नाममा भड्किलो प्रचार  अपनाएर भ्रम छर्ने काम गरेको भन्दै विरोध गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारकै पालामा योगदानमा आधारित समाजिक सुरक्षा ऐन संसदबाट पास  भएको  कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

सरकारले आफ्नै नयाँ कार्यक्रमझैं गरेर भ्रम छरेको र प्रधानमन्त्रीको तस्वीर सजाएर पार्टीगत प्रचार शैली अपनाएको भन्दै उसले आपत्ति जनाएको छ । कांग्रेसको केन्द्रीय कार्यसमितिले पारित गरेको प्रस्तावमा भनिएको छ, ‘यसको सफलता भड्किलो शैलीको झुटो प्रचारले होइन, परिपक्व र जिम्मेवार ढंगको व्यवस्थापकीय कुशलताबाट सम्भव हुने व्यवहारिक यथार्थप्रति नेपाली कांग्रेस नेपाल सरकारलाई सचेत गराउन चाहन्छ ।’

सरकारले नयाँ युग भनेको तर्फ इंगित गर्दै कांग्रेसले ऐन संसदबाट पारित भएको दिन, राष्ट्रपतिबाट प्रमाणित भएको दिन वा तामझाम गरिएको मंसिर ११ वा कार्यान्वयनमा आउने २०७६ साउन १ कुन नयाँ युग हो भनेर प्रश्न गरेको छ । नयाँ युगको संज्ञा सरकारको बढ्दो अलोकप्रियता ढाक्न खोजिएको पातलो पछ्यौरी मात्र भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

उनले भनेका छन्, ‘श्रमिकको हितका लागि ल्याइएको कार्यक्रमको प्रचार नै गर्नु पर्दा श्रमिकको तस्वीर कहीँ प्रयोगमा नल्याइनु तर, पार्टीगत चुनावी प्रचारमा जस्तै गरेर प्रधानमन्त्री तस्वीरलाई ‘चौतारीमा राजा भेटिए’ शैलीमा यत्रतत्र–सर्वत्र टास्नुले नयाँ युग होइन, पुरानो युगको सम्झना गरायो ।’

 

प्रकाशित मिति : १६ मंसिर २०७५, आइतबार  २ : २२ बजे