मङ्शिर १६, काठ्मान्डौ-
ए’ डिभिजन लिग फुटबलमा विभागीय टिम आर्मी हिमालयन शेर्पा क्लबलाई २/१ गोल अन्तरले हराउदै दोस्रो स्थानमा उक्लिएको छ ।
विभागीय टिम आर्मीका कप्तान भरतले खेलकाे ३३ औं मिनेटमा हेड मार्फत गाेल गर्दै अग्रता दिलाए । उनले खेलकाे ८६ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै आर्मीकाे जीत सुनिश्चित गरे ।
हिमालयनका उल्रिच सीवीले खेलकाे ८८ अाैं मिनेटमा गोल गरे जुन जीतका लागि पर्याप्त भएन ।जितसँग अार्मी १३ अंकका साथ लिगको दोस्रो स्थानमा उक्लिएको छ भने हिमालयन शेर्पा १० अंक सहित छैटौ स्थान रहेकाे छ ।
आइतबार भएका अर्काे खेलमा फ्रेन्ड्स क्लबले मछिन्द्र क्लबलाई ३–० गोल अन्तरले हराउँदै तीन अंक जोडेको छ । जीतसँगै फ्रेन्ड्स ४ अंक सहित लिगकाे ९ अाैं स्थानमा उक्लिएको छ यस्तै मछिन्द्रले ५ खेलबाट २ अंक जाेड्दै लिगकाे १३ औं स्थानमा छ ।