१७ मंसिर, काठमाडौं–
विवादास्पद क्रिश्चियन धर्म प्रचारक संस्था (युनिभर्सल पिस फेडेरेसन)ले आयोजना गरेको एसिया प्यासिफिक समिटमा सरकार र पार्टीका शीर्ष नेताहरूको संलग्नताप्रति सत्तारुढ नेकपाभित्र बढेको असन्तुष्टि मिडियाहरु मार्फत छाताछुल्ल बाहिर आएको छ ।
विवादित धार्मिक संस्थाको कार्यक्रममा सरकार प्रत्यक्ष सहभागी र सहयोगी बनेको भन्दै पार्टी नेताहरूले सार्वजनिक रुपमै आपत्ति जनाएकाछन ।
नेकपाका बारीष्ट नेता भिम रावल ले बिबादित कार्यक्रममा सिङ्गो पार्टी र सरकारलाई मुछिएको र जनाताको बिचमा पार्टी र सरकारको छबी गिरेको भन्दै कार्यक्रम गर्ने यत्रो बिधी पैसा कहाँ बाट आयो तेस्को जवाफ आउनु पर्ने बताएका छन । उनले पार्टिका शिर्ष नेता हरुले जवाफ नदिए आफु जनाताको बिचमा गएर बोल्न बाध्य हुने समेत बताएका छन ।
तेस्तै नेकपाका अर्का नेता घनश्याम भुसालले ट्विटरमा सम्मेलनमा नेताहरुको संलग्नताप्रति आपत्ति जनाउदै विगत केही दिनमा नेताहरुको सांस्कृतिक अधपतन र नग्नताको जुन राष्ट्रिय परेड प्रदर्शन भयो त्यसको मूल्य यस मुलुकका सन्तान–दरसन्तानले लामो समयसम्म तिर्नुपर्नेछ लेखेका छन ।उनले ट्विटरमा आफुलाई असहैय भयार एस्तो लेखेको समेत उल्लेख गरेका छन ।