उपकुलपती हटाउन प्रधान्मन्त्रीलाई सिफारिष



१८ मंसिर, काठमाडौं–

बीपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठानलाई सहीरुपमा चलाउन नसकेको भन्दै उपकुलपति राजकुमार रौनियारलाई हटाउन छानबिन समितिले प्रधानमन्त्री केपी ओलीसमक्ष सिफारिस गरेको छ । स्वास्थ्यमन्त्री उपेन्द्र यादव नेतृत्वको छानविन समितिले रौनियारलाई हटाउन सिफारिस गरेको हो ।

प्रतिष्ठानमा आर्थिक अनियमितताका घटना सार्वजनिक भएपछि प्रधानमन्त्री ओलीले स्वास्थ्यमन्त्री उपेन्द्र यादवको नेतृत्वमा प्रतिष्ठानका शिक्षाध्यक्ष गुरु खनाल र रजिष्ट्रार तुलबहादुर श्रेष्ठ सम्मिलित तीन सदस्यीय छानबिन समिति गठन गरेका थिए ।

प्रतिष्ठान सञ्चालनमा रौनियारका धेरै कमजोरी देखिएकाले पदबाट बटाउन प्रधानमन्त्रीसमक्ष सिफारिस गरिएको छ ।

प्रकाशित मिति : मंसिर १८, २०७५ मंगलबार  ५ : ४० बजे