आज बालाचतुर्दशी,यस्तो छ शाश्त्रीय मान्यता



मङ्सिर २० बिहिबार, काठमाडौँ –

आज बालाचतुर्दशी ,देशै भरका शिब मन्दिरहरुमा दर्शानार्थीहरुको बाक्लो भिड लागेको छ । शास्त्रीय भाशामा मार्गशीर्ष कृष्ण चतुर्दशी,भनिने बाला चतुर्दशिमा दिवङ्गत पितृले मोक्ष पाउने मान्यताका साथ देबालयहरुमा दर्शानार्थीहरुले सत बिज छर्ने गर्दछन ।

हिजोदेखि देशभरका शिवालयमा रातभर महादीप बाली बसेका भक्तजनले नदीमा स्नान गरी शतबीज छरेका छन् ।

बाला चतुर्दशीसमेत भनिने मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहानै स्नान गरी शिवालय क्षेत्र विशेषगरी पशुपति क्षेत्रको मृगस्थलीमा धानका सय गेडा छरे दिवङ्गत पितृले मोक्ष पाउने शास्त्रीय मान्यता छ ।

त्रयोदशी राति दिवङ्गत पितृको सद्गतिको कामना गर्दै महादीप बाली शतबीज छरेमा दिवङ्गत पितृले मोक्ष पाउने जनविश्वास छ । पशुपति क्षेत्रको विशेषगरी मृगस्थली, विश्वरुप, सूर्यघाट, कैलाशडाँडा, उमाकुण्ड, गौरीघाटलगायत क्षेत्रमा बिहानैदेखि शतबीज छर्ने भक्तजनको भीड लागेको छ ।

काठ्माण्डौ बाहिरका हलेसी धाम लगायतका शिबधामहरुमा पनि भक्तजनहरुको बिशेष घुइचो हुने गर्दछ । यसै बिच यस वर्ष बाला चतुर्दशीको मेला भर्न पशुपति क्षेत्रमा आएका भक्तजनलाई चिसो नहोस् भनी पशुपति क्षेत्र विकास कोषले त्रिपालको व्यवस्था गरेको सदस्य–सचिव डा प्रदीप ढकालले बताए । यस वर्षदेखि यो नयाँ व्यवस्था गर्दा रातभर दीपदान गरेर बस्नेलाई सुविधा पुगेको थियो । विगत वर्षमा त्रिपालको समेत व्यवस्था नहुँदा श्रद्धालु भक्तजन चिसोले कठ्याङ्ग्रिने गरेका थिए ।

प्रकाशित मिति : मंसिर २०, २०७५ बिहीबार  ७ : २५ बजे