राष्ट्रपति विद्यादेवी भण्डारी पोल्याण्ड भ्रमण सकेर स्वदेश फिर्ता



मङ्शिर २०, काठमाडौँ

राष्ट्रपति विद्यादेवी भण्डारी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिको २४ औँ सम्मेलन कोपा–२४ मा सहभागी भयर स्वदेश फर्किएकी छन् ।

राष्ट्रपति भण्डारी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिको २४ औँ सम्मेलन कोपा–२४ मा सहभागी हुन गएको शनिबार पोल्याण्ड गएकी थिइन् ।

राष्ट्रपति भणडरीले आइतबार पोल्याण्डमा रहेका नेपालीलाई र सोमबार राष्ट्रसंघीय जलवायु सम्मेलनमा सम्बोधन गरेकी थिइन् ।

राष्ट्रपतिलाई स्वागत गर्न उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीसहित त्रिभुवन विमानस्थल पुगेका थिए ।

प्रकाशित मिति : मंसिर २०, २०७५ बिहीबार  ८ : ३६ बजे