मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेकपाको सचिवालय बैठक शनिबार



काठमाडौं मंसिर, २१–

सत्तारुढ दल नेपाल कम्युनष्टि पार्टी (नेकपा) को सचिवालय बैठक शनिबारसम्मका लागि स्थगित भएको छ । शुक्रबार दिउँसो ४ बजेका लागि बोलाइएको बैठक भोलि दिउँसो ३ बजे बस्नेगरि स्थगित भएको हो । शीर्ष नेताहरुको व्यवस्तता र तयारी नपुगेकाले बैठक स्थगित भएको नेकपाका एक नेताले बताए ।

बैठकमा पार्टीभित्रका असन्तुष्टि र सरकारको कामको विषयमा समिक्षा गर्ने भनिएको थियो । एकीकरण प्रक्रिया विस्तार हुन नसकेको, पोलिट्ब्युरो गठन, केन्द्रीय सदस्यको कार्यविभाजन स्थायी कमिटीको बैठक आह्वानप्रति पार्टी नेतृत्व उदासीन भएको नेताहरु रुष्ट छन् ।

पोलिटब्युरो गठन र केन्द्रीय समिति बैठकको माग गर्दै केही समय पहिले नेकपाका २२ केन्द्रीय सदस्यहरुले ज्ञापनत्रप बुझाएका थिए । त्यसपछि उनीहरुले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, सचिवालय सदस्यहरु झलनाथ खनाल, मावदेव गौतम र महासचिव विष्णु पौडेल लगायतका नेताहरुसँग भेटघाट र छलफल गरेका थिए ।

तत्कालीन एमाले र माओवादीबीच गएको जेठ ३ गते एकता भएको थियो । एकताले अझै पूर्णता पाउन सकेको छैन । गएको १२ गते बसेको बैठकले प्रदेश कमिटीको एकता टुङ्ग्याएको थियो ।

प्रकाशित मिति : २१ मंसिर २०७५, शुक्रबार  १ : ५९ बजे