काठमाडौं मंसिर, २४–
एभरेस्ट प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेट प्रतियोगितामा सोमबारको खेलमा चितवन टाइगर्स काठ्मान्डौ सग पराजित भएको छ। काठ्मान्डौ सगा पराजित भय सगै चितवनको यो द्श्रो हार हो भने काठ्माण्डौको यो पहिलो जित हो ।
चितवन आइतबार पनि ललितपुर प्याट्रिओट्ससँग पराजित भएको थियो।
१ सय ६१ रनको लक्ष्य काठमाडौंले १८.५ ओभरमा ४ विकेटको क्षतिमा पार गर्यो। काठमाडौंका लागि ओपनिङ ब्याट्सम्यानद्वय अमित श्रेष्ठले १८ रन र सागर पुनले ३९ रन जोडे। अमितले २४ बलमा २ चौका र सागरले ३४ बलमा ६ चौका प्रहार गरे। सागर र अमितबीच पहिलो विकेटका लागि ३६ रनको साझेदारी भयो।
केभिन ओ’ब्रायन ९ रनमै आउट भइका थिए। नरेश बुढाऐरले २९ बलमा २२ रन जोड्दै काठमाडौंलाई जिततर्फ अघि बढाए। काठमाडौंका सुब्रमन्युन आनन्द १६ बलमा नटआउट ४३ र अमरसिंह रटेउलाले १२ बलमा नटआउट २१ रन जोडेपछि काठमाडौंले सहज जित हात पारेको हो।