मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एभरेष्ट प्रिमियर लिगमा पोखरा राइनोजलाई हराउदै ललितपुर प्याट्रियट्सको दोस्रो जित



काठमाडाैं –

काठमाडौंमा जारी एभरेष्ट प्रिमियर लिगमा ललितपुर प्याट्रियट्सले दोस्रो जित दर्ता गरेको छ। त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा ललितपुरले पोखरा राइनोजलाई ८ विकेटले पराजित गरेको हो।

पहिलो खेलमा विराटनगरसँग पराजित भएको ललितपुरले दोस्रो खेलमा चितवन टाइगर्सलाई ११ रनले पराजित गरेको थियो। सोमबारको हारसँगै पोखरा भने लगातार दोस्रो हार व्यहोर्दै अंक तालिकाको पुछारमा रहेको छ। ललितपुर भने ३ खेलमा ४ अंक जोड्दै अंक तालिकाको शिर्ष स्थानमा उक्लिएको छ। पहिलो खेलमा पराजित भएपनि ललितपुरले प्रतियोगितामा उत्कृष्ट पुनरागमन गरेको छ।

सोमबार भएको खेलमा पोखराले दिएको १ सय ६७ रनको लक्ष्य ललितपुरले २ विकेट गुमाउँदै १५ दशमलव ५ ओभरमा पुरा गर्यो। ललितपुरलाई सजिलै जित दिलाउने क्रममा गौरभ टोमारले उत्कृष्ट इनिङ खेले। गौरभले ४१ बलमा ८२ रन बनाए। उनले ४ चौका र ८ छक्का प्रहार गरे। यस्तै जयकिसन कोल्सावालाले ५१ रन बनाए। पोखराका पउल कग्लिन र शुसन भारीले समान एक एक विकेट लिए।

प्रकाशित मिति : २४ मंसिर २०७५, सोमबार  २ : ४९ बजे