पृथ्वीनारायण शाहको शालिकमा रहेको ऐतिहासिक तरबार हरायो



२६ मंसिर, काठमाडौं–

देवीघाटस्थित पृथ्वीनारायण शाहको शालिकमा रहेको तरबार चोरी भएको छ । विदुर नगरपालिका –५ स्थित शालिक स्मारकमा बिहीबार राति तरबार भाँचेर लगिएको थियो ।

‘बालाचतुर्दशीको राति चौसठ्ठीमा बत्ती बाल्ने भीड थियो’, स्मारकमा हेरालु काम गर्दै आएका रामेश्वर नेपालले भने, ‘भोलिपल्ट सात बजे हेर्दा तरबार देखिएन । हाकिमलाई जानकारी गराएँ ।’

तरबार नदेखिएपछि नजिक रहेको देवीघाट प्रहरी चौकीलाई खबर गरेर खोजबिन गर्दा नभेटिएको उनले बताए । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

प्रकाशित मिति : मंसिर २६, २०७५ बुधबार  ३ : १४ बजे