मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शेयर बजार निरन्तर उकालो लाग्दै



काठमाडौं मंसिर, २७–

नेप्से बढेको छ । बिहिबार नेप्से सात दशमलव छ अंकले बढेर ११ सय ४८ दशमलव ७८ अंकमा पुुग्दा सेन्सिटिभ एक दशमलव ६४ अंकले बढेर दुुई सय ४४ दशमलव ७० अंकमा पुुगेको छ । आज एक सय ५४ कम्पनीहरुको तीन हजार दुुई सय ६६ वटा कारोबारमा नौ लाख ९७ हजार छ सय ७२ कित्ता सेयर किनबेच भएका छन् भने सेयर कारोबार रकम ३२ करोड ३७ लाख ५८ हजार ७४ रुपैयाँ पुुगेको छ ।

आज १० वटा समुहको कारोबार भएकोमा होटल, फाईनान्स र अन्य सहित तीन वटा समुहले गुमाउँदा सात वटा समुहले कमाएका छन् । कमाउने समुहमा परेको वाणिज्य बैंक समुहको सुचक आठ दशमलव ५५ अंकले बढेर एक हजार १९ दशमलव ७९ अंकमा पुुगेको छ भने सेयर कारोबार रकम १४ करोड १४ लाख ६९ हजार रुपैयाँ पुुगेको छ । बिकास बैंक समुहको सुचक पनि आठ दशमलव ८७ अंकले बढेर १४ सय ४२ दशमलव आठ अंकमा पुुगेको छ भने सेयर कारोबार रकम पाँच करोड २० लाख पाँच हजार चार सय रुपैयाँ पुुगेको छ । निर्जिवन बीमा, लघुबित्त, जीवन बीमा, जलबिद्युुत र उत्पादनमुुलक समुहको सुचक पनि बढेर हरियो भएका छन् ।

कमाउने कम्पनीहरुको सुचीमा आज नागवेली लघुबित्त बित्तीय संस्था, लक्ष्मी लघुबित्त बित्तीय संस्था आदि परेकाछन भने गुुमाउने कम्पनीहरुको सुचीमा सुर्योदय लघुबित्त बित्तीय संंस्था, सेन्ट्रल फाईनान्स आदि परेका छन् । यसैगरी रकम कारोबारका आधारमा भने नेपाल इन्स्योरेन्स कम्पनी, नेपाल बैंक आदि परेका छन् ।

प्रकाशित मिति : २७ मंसिर २०७५, बिहिबार  १ : ४८ बजे