२९ मंसिर, काठमाडौं–
स्थायी समिति बैठकका लागी नेकपाका चार शीर्ष नेताहरू नेपाल, खनाल, गौतम र श्रेष्ठले छुट्टै तयारी गरेका छन् ।
२२ मंसिरमा शीर्ष नेताले बैठकमै भाग नलिई बहिष्कार गरेपछि ओली–प्रचण्ड स्थायी समितिलाई अनुकूल बनाउने कसरतमा छन् । कार्यविभाजन र जिल्ला एकीकरणका सन्दर्भमा अध्यक्षद्वयले महासचिव विष्णु पौडेलसहितको उपस्थितिमा निरन्तर छलफल गर्दै आएका छन् ।
अध्यक्षद्वयले अपमान गरेको भन्दै बहिष्कार गरेर एकै ठाउँ उभिएका चार शीर्ष नेताले भने अध्यक्षद्वयको कार्यशैलीको खुलेरै आलोचना गर्ने तयारी गरेका छन् ।
बिहीबार छलफल नै गरेर उनीहरूले अध्यक्षको आलोचना गर्ने र बहिष्कार गर्नुको कारण प्रस्ट्याउने समझदारी गरेका छन् । विधि–प्रक्रिया मिचेर पार्टी सञ्चालन गर्न खोजिएको भन्दै नेतृत्वको खुलेर प्रतिवाद गर्ने उनीहरूको रणनीति छ ।