मङ्शिर २९,डोटि-
केही दिनयतादेखिको मौसममा आएको परिवर्तनका कारण देशका उच्च लेकाली क्षेत्रमा हिमपात भएको छ।हिमपात भएसँगै चिसो बढेपछि यहाँको जनजीवन पनि प्रभावित भएको छ।
सुदुरपश्चिम्अका डोटी बाजुरा दार्चुला लगायतका जिल्लाका उच्च पहाडी क्षेत्रमा उच्च पहाडी क्षेत्रमा हिमपात भई चिसो बढेकाले गाईवस्तु चराउन समस्या शुरु भएको छ।
गाई वस्तु चर्ने ठाउँ पूरै हिउँले ढाकेकाले तिनलाई गोठ बाहिर निकाल्नसमेत समस्या भएको स्थानिय सञ्चारकर्मिहरुले बताएका छन ।
हिउँ परेका कारण लगाएको बालीमा पर्याप्त मात्रामा पानी पुग्ने भन्दै लेकाली क्षेत्रमा बसोबास गर्ने किसान भने खुशी भएका छन्। उच्च लेकाली भेगमा अहिले पनि हिमपात भइरहेको छ।
हिमपातका कारण स्थानीयवासी घर बाहिर निस्किन नसकेकाले घरभित्रै आगो तापेर बस्न बाध्य भएको र चिसो बढेकाले वृद्धवृद्धा तथा बालबालिका बढी प्रभावित भएको बताइएको छ।