मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नयाँ प्रधानन्याधीशका लागी चोलेन्द्र शमशेरकाे संसदीय सुनुवाइ सुरु



पौष १,काठ्माण्डौ-

आज ११ बजे बाट बस्ने संसदीय सुनुवाइ समितिको बैठक मा प्रधानन्यायाधीशमा सिफारिस चोलेन्द्रशम्शेर जबराको संसदीय सुनुवाइ सुरु हुँदैछ।

बिहीबार बिहान बसेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा राणाको नाम सिफारिस गरेको थियो ।

सर्वोच्च अदालतको दोस्रो वरीयतामा रहेका वरिष्ठ न्यायाधीश दीपकराज जोशी यसअघि नै संसदीय सुनुवाइ समितिले अस्विकृत गरेपछि तेस्रो वरीयताका वरिष्ठ न्यायाधीश राणालाई प्रधानन्यायाधीशमा सिफारिस गरिएको थियाे।

२०१४ मंसिर २८ गते काठमाडौंको सुकेधारामा जन्मिएका राणाले २०७१ सालदेखि सर्वोच्च अदालतको न्यायाधीशको जिम्मेवारी सम्हाल्दै आएका थिए।

प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले उमेर हदका कारण आगामी पुस १७ गतेबाट अवकाश पाउँदैछन्।

प्रकाशित मिति : १ पुस २०७५, आइतबार  ६ : ३६ बजे