मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेप्से सुचक तथा कारोबार रकम दुबैमा वृद्धि हुँदा लगानीकर्ताहरु उत्साहित



काठमाडौ पुस, १–

लगानीकर्ताहरु उत्साहित देखिएका छन् । साताको पहिलो दिन नेप्से सुचक तथा कारोबार रकम दुुबै उच्चरुपमा बढ्दा लगानीकर्ताहरु उत्साहित देखिएका हुन् । आज नेप्से १८ दशमलव ८९ अंकले बढेर ११ सय ६७ दशमलव ६७ पुग्दा सेन्सिटिभ पनि तीन दशमलव ९८ अंकले बढेर दुुई सय ४८ दशमलव ६७ अंकमा पुगेको छ । आज एक सय ५९ कम्पनीहरुको चार हजार नौ सय ७४ वटा कारोबारमा १४ लाख सात हजार पाँच सय ३४ कित्ता सेयर किनबेच भएका छन् भने सेयर कारोबार रकम ४७ करोड ४२ लाख १६ हजार नौ सय पाँच रुपैयाँ पुगेको छ ।

आज १० वटा समुहको कारोबार भएकोमा नौ वटा समुहको कारोबार सुचक बढेर उत्पादमुुलक समुहको सुचक घटेको छ । वाणिज्य बैंक समुहको सुचक १७ दशमलव ७६ अंकले बढेर एक हजार ३७ दशमलव ५६ अंकमा पुगेको छ भने सेयर कारोबार रकम २७ करोड ३१ लाख ५४ हजार रुपैयाँ पुगेको छ । यसैगरी लघुबित्त समुहको सुचक पनि ३७ दशमलव ५२ अंकले बढेर १३ सय छ दशमलव २४ अंकमा पुगेको छ भने सात करोड ६६ लाख नौ हजार दुई सय रुपैयाँको सेयर किनबेच भएको छ । यि बाहेक आज बिकास बैंक, जलविद्युत, जीवन बीमा, होटल, फाईनान्स र अन्य समुहको सुचक उच्च अंकले बढेका छन् ।

कमाउने कम्पनीहरुकोे आज मिर्मिरे लघुबित्त बित्तीय संस्था, आरम्भ माईक्रो फाईनान्स आदि परेका छन् भने गुमाउने कम्पनीको सुचीमा रैराङ हाईड्रो पावर कम्पनी, नेपाल हाईड्रो डेभलपर कम्पनी आदि परेका छन् । यसैगरी रकम कारोबारका आधारमा भने सिभिल बैंक, नबिल बैंक लगायतका कम्पनीहरु अग्रस्थानमा परेका छन् ।

प्रकाशित मिति : १ पुस २०७५, आइतबार  २ : ४४ बजे