पौष २, काठमाडौं
केहि दिन बाट बढ्दै गएको चिसो झन बढ्दै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
‘फेथाइ’ चक्रवातका कारणले चिसो झ नै बढ्ने भएको हो ।
बंगालको खाडीमा बनेको चक्रवात ‘फेथाइ’ उत्तरपश्चिम दिशातर्फ बढ्ने क्रममा रहेकाले यसको आंशिक प्रभाव स्वरुप आइतबार रातिबाट पूर्वी तथा मध्य क्षेत्रका भूभागमा आंशिकदेखि सामान्य बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाडौं उपत्यकाका अधिकांश स्थानमा बिहान हुस्सु लागेको अन्य क्षेत्रमा समेत बाक्लो हुक्सुका कारण जनजीवन प्रभावित भएको र तापक्रमसमेत घटेको छ ।
आगामी केहि दिन सम्म यो क्रम जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।