मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेप्से निरन्तर उचाई तर्फ, शेयरमा लगानी गर्नेहरु खुशी



काठमाडौं पुुस, २

नेप्से निरन्तर उचाईमा पुुग्न थालेको छ । गत सातासम्म लगातार घटिरहेको नेप्से यो साता पहिलो कारोबार दिनदेखि नै बढ्न थालेकोमा आज दोस्रो दिन सोमबार पनि १५ दशमलव १७ अंकले बढेर ११ सय ८२ दशमलव ७८ अंकमा पुुगेको छ । यसैगरी आज सेन्सिटिभ पनि दुुई दशमलव ९७ अंकले बढेर दुुई सय ५१ दशमलव ६३ अंकमा पुुगेको छ ।
कुुल एक सय ५९ कम्पनीहरुको तीन हजार छ सय ७० वटा कारोबारमा १२ लाख ६० हजार पाँच सय १८ कित्ता सेयर किनबेच भएका छन् भने सेयर कारोबार रकम ४२ करोड तीन लाख ५३ हजार पाँच सय १५ रुपैयाँको सेयर कारोबार भएको छ ।

आज ११ वटा समुहको कारोबार हुँदा ट्रेडिङ समुहले गुुमाए पनि बाँकी रहेका १० वटा समुहले कमाए छन् । वाणिज्य बैंक समुहको सुचक नौ दशमलव १५ अंकले बढेर एक हजार ४६ दशमलव ७१ अंकमा पुुगेको छ भने सेयर कारोबार रकम १९ करोड ९९ लाख ३५ हजार रुपैयाँ पुुगेको छ । बिकास बैंक समुहको सुुचक पनि आठ दशमलव पाँच अंकले बढेर १४ सय ६० दशमलव ५९ अंकमा पुुगेको छ भने सेयर कारोबार रकम आठ करोड ३६ लाख ७३ हजार पाँच सय रुपैयाँ पुुगेको छ ।

जलबिद्युुत समुहको सुचक पनि पाँचद शमलव३७ अंकले बढेर १२ सय नौ दसमलव ५९ अंकमा पुुगेको छ भने सेयर कारोबार रकम एक करोड ३० लाख पाँच हजार आठ सय रुपैयाँ पुुगेको छ । यसैगरी आज निर्जिवन बीमा, लघुुबित्त, जीवन बीमा, होटल, फाईनान्स, उत्पादनमुुलक र अन्य समुहको सुचक पनि उच्च अंकले बढेका छन् ।

कमाउने कम्पनीहरुको सुचीमा आज मिर्मिरे माईक्रो फाईनान्स, कालिका लघुबित्त बित्तीय संस्था आदि परेका छन् भने गुुमाउने कम्पनीहरुको सुचीमा कालिका पावर कम्पनी, ग्लोबल आईएमई समुुन्नत योजना—१ आदि परेका छन् । रकम कारोवारका आधारमा भने आज सिभिल लघुबित्त बित्तीय संस्था, एनएमबि बैंक आदि परेका छन्

प्रकाशित मिति : २ पुस २०७५, सोमबार  २ : ३३ बजे