पौष २, काठ्माण्डौ-
क्रीकेट खेलाडी बसन्त रेग्मी अस्पताल भर्ना भएका छन । आइतबारदेखि जिउ दुख्ने र ज्वरो आउने समस्या देखिएपछि रेग्मी सोमबार विहान ९ बजे थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका हुन्।
उनी नेपाली राष्ट्रिय क्रिकेट टिमका अनुभवी स्पिनरको रुपमा समेत चिनिन्छन ।
उनी बिरामी परेपछि काठमाडौंमा जारी एभरेस्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिताको खेल गुमाएका थिए। विराटनगर वारियर्ससँगआबद्ध रेग्मले लिग चरणका ४ खेल खेलका थिए।
उनलाई डा जेपी जैसवालको टिमले उपचार गरिरहेको छ। उनको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको अस्पतालले जनाएको छ।