मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पूर्वप्रधानमन्त्री गिरीको अन्त्येष्टि सामान्य नागरिक सरह : सरकारले दिने सलामी परिवार द्वारा अस्विकार



३ पुस, काठमाडौं ।-

पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको अन्त्येष्टिमा सरकारले सलामी अर्पण गर्ने तयारी गरेपनी उनको दाहसंस्कार भीआइपीको जसरी नभएर सर्वसाधारण नागरिककै जसरी हुने भएको छ ।

सरकारले सलामी अर्पण गर्ने तयारी गरेपनी गिरी परिवारले सलामी अर्पण गर्ने सरकारको प्रस्तावलाई अस्वीकार गरिदिएको छ ।

आफ्नो मृत्युपूर्व नै आफ्नो पूर्व प्राधाअनमन्त्री गिरीले अन्त्येष्टि साधारण किसिमले गर्नू भनेर लेखेर दिएकोले परिवारले त्यही अनुसार नै अन्त्येष्टिको तयारी भइ रहेको परिवार श्रोतले बताएको छ ।

गिरी निकट जानकार राजनितिकर्मी हरुले भने वर्तमान सरकारसँग चित्त दुखाएका कारण साधारण नागरिकको जसरी अन्त्येष्टि होस् भन्ने गिरिले चाहेको तर्क गरेका छन ।

हाल उनको पार्थिब शरिरलाई बुढानिलकण्ठ स्थित उनकै निबाशमा शुभेच्छुकहरुले श्रद्दन्जली दिइरहेका छन ।

प्रकाशित मिति : ३ पुस २०७५, मंगलबार  ९ : ०६ बजे