मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पटक पटक दोहोरिदै नेपाल टेलिकमको नेटवर्क समस्या : सेवाग्राही दिक्क



काठमाडौं पुस, ४–

नेपाल टेलिकमको टेलिफोन सेवामा समस्या देखिएको छ ।

टेलिकमको जीएसएम, ल्याण्डलाइनसहित सबै प्रकारका टेलिफोनमा फोन नलाग्ने समस्या देखिएसँगै लाखौं सेवाग्राही प्रभावित भएका छन् । उता टेलिकमका प्राविधिकहरुले पनि नेटवर्कमा समस्या देखिएको बताएका छन् ।

पर्याप्त जनशक्ती र भौतिक पूर्वधार हुँदा पनि पनि नेपाल टेलिकमको सेवामा पटक–पटक यस्तो समस्या देखिने गरेको छ ।

पछिल्लो दिनमा झनै टेलिकममा समयसमय सेवा अवरुद्ध हने समस्या बढेको छ । नेतृत्वविहिन अवस्थामा रहेको टेलिकममा व्वस्थापन समेत भद्रगोल रहदै आएको स्वयम टेकिमका कर्मचारीहरुले बताउने गरेका छन् ।

टेलिकमको नेट्वर्क गुणस्तरमा सुधार तथा सञ्चारक्षेत्रमा आइ रहेका नयाँ प्रबिधीको प्रयोग गर्न नेपाल टेलिकमले ढिला गरिरहेकोले प्रतिस्पर्धात्मक बजारमा कम्पनिले बेहोर्नुपर्ने अफ्ठेरो अवस्थाका बारेमा आफुहरुले पटक पटक सचेत गराउदै आए पनि ब्यबस्थापनले ध्यान नदिएको टेलिकम वर्कर्स युनियनका अध्यक्ष एबम पदाधिकारी हरुले बताएका छन ।

प्रकाशित मिति : ४ पुस २०७५, बुधबार  ९ : ०७ बजे