मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्र बैङ्कका पुर्व गर्भनर रावल बिरुद्ध ९१ लाख रुपैयाँ अनियमितताको आरोपमा मुुद्धा दर्ता



काठमाडौ-

नेपाल राष्ट बैकका पुर्व गर्भनर डा. तिलक रावल सहित तीन जना बिरुद्ध मुद्धा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल राष्ट्र बैंकका पुर्व गभर्नर डा. रावलसहित तत्कालिन नोट बिभागका प्रमुख उपेन्द्र केशरी पौड्याल र नोट छपाईमा संलग्न अष्टेलियन कम्पनीका नेपाली प्रतिनिधी हिमालय बहादुर पाण्डे समेत गरी तीन जना बिरुद्ध ९१ लाख नौ हजार रुपैयाँ अनियमितता गरेको भन्दै आज बिहिबार मुुद्धा दायर गरेको हो ।

अख्तियार दुरुपयोग अनुन्धान आयोगका अनुसार पुर्व गर्भनर डा. रावलले अष्ट्रेलियामा रु. १० को पाँच करोड थान पोलिमर नोट छपाई गर्दा ९१ लाख ९ हजार अनियमितता गरेको अभियोग लागेको छ । सोही अभियोगमा डा. रावल सहित तीन व्यक्ति बिरुद्ध मुुद्धा दायर गरिएको हो, अख्तियारले भनेको छ । तत्कालीन समयमा १० रुपैयाँको पोलिमर नोट छपाउँदा अष्ट्रेलियाको स्थानीय एजेन्टमार्फत आर्थिक लेनदेन गरेको, गुणस्तरहीन नोट छपाई भएको, नोट प्रिन्टिङ अष्ट्रेलियासँग गैर कानुनी मिलेमतो गरी उक्त स्थानीय एजेन्टमार्फत आर्थिक लेनदेन गरेको अभियोग रहेको छ ।

सोही अभियोगमा आधारित भएको परेको उजुरीउपर आयोगबाट अनुसन्धान हुँदा बोलपत्र पूर्व नै नेपाल राष्ट्र बैंकले नोट प्रिन्टिङ अष्ट्रेलियासँग बोलपत्रका मस्यौदा लिने, संचालक समितिका निर्णय चुहाउने, जर्मन कम्पनीसँगको साँचो नोट प्रिन्टिङ अष्ट्रेलियालाइ हस्तान्तरण गर्न लगाउने जस्ता काम भएको उल्लेख गरेको समेत आयोगले जानकारी दिएको छ ।

प्रकाशित मिति : ६ पुस २०७५, शुक्रबार  ६ : २९ बजे