मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सहिद स्मारक ‘ए’ डिभिजन लिग : शुक्रबारको खेलमा मच्छिन्द्रले हरायो सरस्वती युवा क्लबलाई



पुष ५, काठ्माण्डौ-

सहिद स्मारक ‘ए’ डिभिजन लिगका सुरुवाती  खेलमा लगातार पराजय भोगेको मच्छिन्द्र  क्लबले शुक्रबार एन्फा कम्प्लेक्समा भएको खेलमा सरस्वती युवा क्लबलाई ४–२ गोल अन्तरले पराजित गरेको छ ।

अघिल्लो खेलामा  खेलमा मच्छिन्द्र  सशस्त्र प्रहरीको एपिएफ सग ३–१ गोलले पराजित भएको थियो ।

 शुक्रबारको  खेलमा भने मच्छिन्द्र जित निकाल्न सफल भएको छ। शुक्रबार एन्फा कम्प्लेक्समा भएको खेलमा मच्छिन्द्रले सरस्वती युवा क्लबलाई ४–२ गोल अन्तरले पराजित गर्दै जितको स्वाद चाखेको हो।

शुक्रबार भएको खेलमा अग्रता भने सरस्वतीले लियो। चौथो मिनेटमा मच्छिन्द्रका संजय राजबाहकले आफ्नै पोस्टमा गोल गर्दै सरस्वती १–० ले अघि रह्यो। १६औं मिनेटमा मच्छिन्द्रले बराबरी गोल फर्काउन सफल भयो। भासाडियाको पासमा विशाल राईले बराबरी गोल फर्काएका हुन्।

प्रकाशित मिति : ६ पुस २०७५, शुक्रबार  ८ : ४२ बजे