मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दाङ दूर्घटनामा मृत्यु हुनेको शङ्ख्या १६ पुग्याे , ढुंगा खसेपछि उद्दारमा समस्या



काठ्माण्डौ-

शुक्रवार साँझ दाङमा  भएकाे बस दुर्घटनामा परी मर्नेकाे संख्या १६ पुगेकाे छ भने १३ जना घाइते छन्। घाइते मध्ये केहीकाे अवस्था गम्भीर छ। उनीहरूकाे राप्ती अञ्चल अस्पतालमा उपचार भइरहेकाे छ।दूर्घटनामा अझै केही यात्रुको ज्यान गएको हुनसक्ने दाङ प्रहरिले जनाएको छ ।

बस खसेर उद्दार गर्नु पर्ने ठाउमा माथिबाट ढुंगा खसिरहेकोले उद्दारमा समस्या भएको छ भने मृत्यु हुनेको सङ्ख्या पनि यकिन गर्न कठिनाइ भइरहेको प्रहरिले ज नाएको छ ।

सल्यानबाट दाङ आउँदै गरेको बा ४ ख ९७६६ नम्बरको बस दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ राम्री भन्ने स्थानमा दुर्घटना भएको हो।

बस सडकबाट झण्डै सात सय मिटर तल खसेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ६ पुस २०७५, शुक्रबार  २ : ३७ बजे