मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दाङ दुर्घटनामा मृत्यु हुनेहरुको संख्या २२ पुग्यो, ११ को अवस्था  अझै  गम्भीर



७ पुस, काठ्माण्डौ-

दाङमा शुक्रबार भएको बस दुर्घटनामा मृत्यु हुनेहरुको संख्या २२ पुगेको र घाइते १५ जनामध्ये ११ को अवस्था  अझै  गम्भीर  रहेको जिल्ला प्रहरी कार्यलय दाङले जनाएको छ ।

मृतकमध्ये अहिले सम्म पाँच जनाको मात्र सनाखत भएको छ । बस चालक घोराही उपमहानगरपालिका वडा नम्बर ३ का मदन केसी, घोराही उपमहानगरपालिका वडा नम्बर १७ का २८ वर्षीय प्रदीप घिमिरे, पूर्वीरुकुमको भूमे गाउँपालिकाका २८ वर्षीय नरेश वली, दाङको दंगीशरण गाउँपालिका वडा नम्बर १ का ३० वर्षीय सञ्जित रत्गैया र घोराही उपमहानगरपालिका वडा नम्बर १४ का २७ वर्षीय विजय जिएमको सनाखत भएको हो । उनीहरुको शव परिवारका सदस्यहरुले पहिचान गरेका हुन् ।

कृष्णसेन इच्छुक पोलिटेक्निकल इन्स्टिच्युट घोराही दाङबाट शैक्षिक भ्रमणको लागि सल्यान गएको बस हुजो दूर्घटना भएको थियो । इन्सिच्युटको बा ४ ख ९७६६ नम्बरको बस ३ नं वडाको राम्री भन्ने स्थानमा दूर्घटना भएको हो ।

प्रकाशित मिति : ७ पुस २०७५, शनिबार  ४ : १८ बजे