मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेवार समुदायले योमरी पुर्णिमा पर्व आज मनाउदै



पुष ७, काठ्माण्डौ-

नेवार समुदायले योमरी पुन्ही वा योमरी पुर्णिमा पर्व आज मनाउदैछ। हेमन्त ऋतुको पहिलो पूर्णिमा अर्थात धान्य पूर्णिमाको दिनमा नेवार समुदायले मनाउने पर्व योमरी पुर्णिमा हो। यो पर्व विशेष गरी ज्यापु समुदायले मनाउने गर्दछन। यो दिन विशेष प्रकारको परिकार (योमरी)बनाएर खाने गर्दछन।

नेवार समुदायमा नयाँ बालीका रुपमा धान भित्र्याएपछि विभिन्न देवी देवतालाई योमरी बनाएर पूजा गरी यो पर्व मनाउने गरिन्छ। नयाँ धान कुटी पिसेको पिठोमा चाकु, तिल, नरीवल वा खुवा वा  मास पिनेको वा किमा मासु  लगायतका विभिन्न सामग्री  राखी त्रिकोण आकारको वा लाम्चो आकारको बनाई बाफले पकाएर योमरी तयार गरिन्छ।

योमरीले जाडोमा शरीरमा आवश्यक ताप र उर्जा दिने र चिसोबाट लाग्ने रोग बाट बचाउने  भएकाले स्वास्थ्यका लागि निकै फाईदाजनक मानिन्छ। यसरी बनाएको योमरी नया आएका् धानको भकारी वा कुल देवता वा  पूजा कोठामा पुजा गरमो कृषि उत्पादनमा वृद्वि हुने र अन्नको अभाव नहुने विश्वास छ।

योमरीलाई भकारी लगायत अन्नका भण्डारमा चढाउँदा धनसम्पति र अन्न लाभ हुने जनविश्वास रहिआएको छ। यसरी चढाएको योमरी चार दिनपछि प्रसादको रुपमा परिवारमा बाँडेर खाने चलन छ। यस पर्वका अबसरमा  विवाह भैसकेका चेलीबेटीलाई पनि बोलाएर खुवाउने गरिन्छ।

नेवार समुदायममा आफैंले उत्पादन गरेको अन्न ढुकुटी पुजा गरेर धनधान्यकी देवी लक्ष्मी, कुबेर र गणेशलाई चढाएर मात्र खाने चलनअनुसार यो पर्व मनाइन्छ। कतिपय नेवार समुदायको यस दिन दिवाली पनि पर्ने भएकाले चटामरी र ल्वहचामरी पनि बनाएर कुल देबतालाई पुजा गरी मात्र खाने चलन सस्कृतिबिदहरुले बताउने गरेका छन ।

प्रकाशित मिति : ७ पुस २०७५, शनिबार  ४ : २७ बजे