पुस ८, काठ्माण्डौ –
आज बिहान काठ्माण्डौ सम्म पनि भूकम्पको धक्का महसुस गरिएको छ । सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४ दशमलव ७ रेक्टर स्केलको परकम्प गएको हो ।
बिहान ५ बजेर ६ मिनेटमा परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
उक्त परकम्पको धक्का काठ्माण्डौ उपत्यकामा पनि महसुस गरिएको हो । केन्द्रका अनुसार यो २०७२ साल वैशाख १२ गतेकै भूकम्पको परकम्प हो ।